हकप्रदको लागि नागरिक लगानी कोषको बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 10:58:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष  Citizen Investment Trust  ले हकप्रद निष्काशनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले हकप्रदको लागि पुस १४ बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कोषको हकप्रद भर्न सक्ने छन् । 

यस संगै अब कम्पनीले १ः०.८२८४ का दर (८२.८४ प्रतिशत)ले   हकप्रद शेयर जारी गर्ने छ । जस अनुसार कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । 

कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved