शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 11:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंक Shine Resunga Development Bank Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनी मर्ज भएको २ वर्षसम्म बोनसमा कर नलाग्ने हुँदा कम्पनीले नगद लाभांश वितरणको प्रस्ताव गरेको छैन । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved