राजनीतिक घटनाक्रमको असर नेप्सेमा, ९६ अंकले घट्यो सूचक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 03:37:42 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से झन्डै एक सय अंकले घटेको छ । आइतबारको कारोबारमा सूचक ९६.८८ अंकले घटेर १९३५.६३ को बिन्दुमा आईपुगेको हो । 

आज कारोबारमा आएका १९८ कम्पनीका १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिद बिक्रिबाट ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५ सय ४७ रुपैयाँको कारोबार भएको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा धेरै १ अर्ब ६ करोडको कारोबार भएको छ। 

आज कारोबारमा आएका समुहगत सूचक घटेका छन्। आज युनाईटेड इदी मर्दीको शेयरमूल्य सबैभन्दा धेरै ९.८० प्रतिशतले बढेको छ। त्यस्तै आज दर्जन बढी कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ। 

आइतबार अचानक विकसित भएको राजनीतिक घटनाक्रमको असर बजारमा पर्दा बजारमा भारी गिरावट आएको विश्लेषकहरुले बताएका छन्। आइतबार संसद विघटन भई नयाँ निर्वाचनको मिति घोषणा गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved