समृद्धि फाइनान्सको साधारणसभा आह्वान, फेरी हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 08:31:00 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स Samriddhi Finance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते मंगलबार हेटौडाको होटेल सामनामा भर्चुअल माध्यमबाट समेत शेयरधनी सहभागी गराउने गरि सभा आह्वान गरेको हो । 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, संचालकको बैठक भत्ता त्तहा सुविधा वृद्धि गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै सभामा  उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको निर्णय गरि आवश्यक प्रक्रिया अगाडी बढाउने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । साथै कम्पनीले सभामा हाल कायाम चुक्ता पुँजीको २:१ को अनुपातमा ५० प्रतिशत निष्काशन प्रस्ताव पेश हुने छ । कम्पनीले हालै मात्र २ सय प्रतिशत हकप्रद बिक्रि गरेर चुक्ता पुँजी ५४ करोड ५९ लाख पुर्याएको छ । कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस २२ गते देखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved