बिफिनको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 09:35:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिफिन) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते नयाँ बानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा संचालक समितिका अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने,  लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

त्यस्तै सभामा आईपिओ निष्काशन प्रस्ताव पेश हुने छ। कम्पनीले सर्बसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि गर्नु पर्ने सम्पूर्ण कार्य गर्ने जिम्मा संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्ताव पेश गर्ने छ । त्यस्तै सभाले आईपिओ निष्काशन गर्ने क्रममा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई प्रदान गर्ने छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved