प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 08:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company  साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले पुस २७ गते सोमबार आफ्नै प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सक्ने गरि सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट  ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

 त्यस्तै सभामा सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै सभाले सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन पनि गर्ने छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved