धितोपत्र बोर्डले ल्यायो नयाँ म्यानुअल, के के छन् ब्यबस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 05:31:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सेबोन आईसिटी अपरेशन म्यानुअल २०२० लागु गरेको छ। बोर्डले आज पुस ८ गतेदेखि हुने गरि म्यानुअल लागु गरेको हो  । 

म्यानुअलमा सूचना प्रबिधि सम्बन्धी संगठनात्मक व्यवस्था; तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन; सूचना प्रबिधि संजाल पूर्वाधारको व्यवस्था; सूचना प्रबिधि सम्बन्धी अनुसन्धान तथा विकास; बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रबिधि उपकरणहरुको खरिद तथा विकास  गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरन पूर्वको निरीक्षण तथा परीक्षण; हार्डवेयर, पावर तथा इनर्जीको स्तरीय एवम् प्रभावकारी व्यवस्था; सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रबिधि सम्बन्धी तालिम तथा सचेतना अभिवृद्घि लगायतका व्यवस्थाहरु समावेश गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार बोर्डबाट धितोेपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरण लगायतका अन्य आवधिक विवरणहरु अनलाईन मार्फत पेश गर्न सक्ने गरीे बोर्डबाट गत असोज २३ गतेदेखि सञ्चालनमा ल्याइएको Electronic Reporting and Retrieval System-ERRS को प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।

म्यानुअल  कार्यान्वयनमा आए पश्चात बोर्डको आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने, सूचना प्रविधिको स्तर अभिवृद्घि हुने र सूचना प्रविधिको स्तरीय प्रयोग एवं प्रभावकारी व्यवस्थापनबाट बोर्डको संस्थागत क्षमता अभिवृद्धि भई बजार नियमन तथा सुपरिवेक्षणमा कार्य प्रभावकारी हुने अपेक्षा रहेको बोर्डले जनाएको छ । 

बोर्डले बोर्डको आर्थिक बर्ष २०७७।७८ को वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा सूचना प्रविधि नीतिमा उल्लेखित कार्यहरु सम्बन्धित पक्षहरुबाट कार्यान्वयन योजना बनाई लागु गर्ने व्यवस्था गरिए बमोजिम सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग समेत समन्वय गरि म्यानुअल तयार पारेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved