डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई गाभ्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 07:38:44 PM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स Deprosc Laghubitta Bittiya Sanstha  ले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । बुधबार २ लघुवित्तबीच प्राप्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।

हाल डिप्रोक्स लघुवित्त को चुक्तापूँजी १ अर्ब ५४ लाख रहेको छ भने नाडेपको चुक्तापूँजी ४० करोड ४८ लाख रहेको छ  । डिप्रोक्सको केन्द्रीय कार्यालय चितवनको भरतपूरमा छ भने नाडेपको केन्द्रीय कार्यालय धादिङको गजूरीमा छ। डिप्रोक्सले ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत र नाडेपले ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।  

प्राप्ति सम्झौता संगै बिहिबारदेखि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेपको शेयर कारोबार रोक्का हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved