प्रभु क्यापिटल र पोखरा फाइनान्सबीच लगानी व्यवस्थापन सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 01:55:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु क्यापिटल र पोखरा फाइनान्सबिच लगानी  व्यवस्थापन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक  दिनेश थकाली  र फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रबिचन्द्र गुरुङ्गले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार पोखरा फाइनान्सको लगानी प्रभु क्यापिटलका विशेषज्ञ लगानी व्यवस्थापकहरुद्धारा ब्यबस्थापन गरिनेछ ।  दुवै पक्षलाई उच्च प्रतिफल सुनिश्चित गर्ने लक्ष्यका साथ यो लगानी व्यवस्थापन संम्झौता गरिएको प्रभु क्यापिटलका प्रबन्ध निर्देशक  दिनेश थकालीले बताए ।  

 प्रभु क्यापिटलले हाल प्रभु स्मार्ट पिएमएस अन्तर्गत संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरुलाई लगानी व्यवस्थापनको सेवा प्रदान गरिरहेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved