सिनर्जी पावरको साधारणसभा सम्पन्न, नयाँ आयोजनामा लगानी गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2021 | 02:12:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट Synergy Power Development  ले एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनी आज पुस २२ गते बुधबार भर्चुअल माध्यमबाट आर्थिक वर्ष ७४/७५. ७५/७६ र ७६/७७ को सभा सम्पन्न गरेको हो  

 सभाले लाभांश सहितका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव सभाले सर्वसम्मतले पारित गरेको छ। कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो 

त्यस्तै सभाले उल्लेखित आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेलेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्नेलेखापरीक्षक नियुक्ति गर्नेप्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन  गर्नेसंशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ।

त्यस्तै कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको 'मध्य होंगु खोला ए' जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको थियो । सोहि प्रस्ताव साधारणसभाले पारित गरेको हो ।  

यस आयोजनामा कम्पनीले स्वपुँजीको ४० प्रतिशत शेयर लगानी गर्ने उल्लेख गरिएको छ । यस आयोजनाले विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता गरिसकेको जनाईएको छ । 

सभामा कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले आगामी वर्षहरुमा लाभांश दर बढाउदै लैजाने प्रतिबद्दता व्यक्त गरेका छन् । उनले शेयरधनीहरुलाई प्रदान गरिने लाभांश दरले निरन्तरता पाओस् भन्ने उदेश्य र शेयरधनीको माग बमोजिम नै ब्यबसाय बढाउनको लागि नयाँ आयोजनामा लगानी गर्ने निर्णय गरिएको बताए ।  

 कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved