चन्द्रागिरी हिल्स आईपिओ रिभ्यु: कोभिडका कारण कम्पनी घाटामा, २ वर्षपछि लाभांश प्रक्षेपण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jan 07, 2021 | 08:21:47 PM मा प्रकाशित

laxmi  sunrise bank

चन्द्रागिरी हिल्स लिमिटेडले पुष २४ गतेदेखि सर्वसाधारणको लागि साधारण सेयर आइपीओ निष्काशन गर्दै छ । कम्पनीले  एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ जारि गर्न लागेको हो। 

यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता आइपीओ कम्पनीका कर्मचारी, ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ छुट्याइएको छ। चन्द्रागिरीको आइपीओमा यहि पुस २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाइनेछ। ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन भर्न पाउनेछन्। मेरो शेयर एप, मेरो शेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आइपीओको लागि आबेदन दिन सकिनेछ।

कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो। कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको थियो। सर्वसाधारणलाई पनि आईपीओ वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड पुग्नेछ ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

कम्पनी परिचय 

कम्पनीको पुरा नाम चन्द्रागिरि हिल्स लिमिटेड हो। यो कम्पनी  २०६६ साल श्रावण १४ गते साविकमा काठमाण्डो फनपार्क प्रा.लि.को नामवाट दर्ता भएकोमा २०७१ साल आषाढ ३२ गतेदेखि प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीको रुपमा परिणत भई २०७३ जेष्ठ ३ गतेदेखि चन्द्रागिरि हिल्स लिमिटेडको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । 

कम्पनी मार्फत केबुलकार, होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्ने गरी मिति २०६६ साल फाल्गुण २५ गतेनेपाल सरकार, उद्योग विभागबाट स्वीकृति पाएको छ । नेपाल सरकारको २०६८÷०५÷२० गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम कम्पनीले ३६ हेक्टर कबुलियती वन ४० वर्षको लागि लिजमा लिएको छ । केबुलकार, होटल÷रिसोर्ट परियोजना सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरु निर्माण भई सकेको छन्। २०७३ श्रावण २४ गतेदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याईसकेको छ । कम्पनीले २०७६ श्रावण १ गतेदेखि रोसोर्ट संचालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा दिदैं आएको छ । त्यस्तै कम्पनीले जिपलाइन सञ्चालन गर्ने  र जिपलाईन सञ्चालनका लागि आवश्यक पर्ने सामानहरु खरिद गरी ल्याईसकिएको र संरचना निर्माण तथा जडानका लागि काम हुँदै गरेको जनाएको छ।

कम्पनीको  मल्टी पोखरा डेभलपमेण्ट प्रा.लि. र चन्द्रागिरि हिल्स प्याराग्लाईडिङ्ग लि. गरि २ वटा सहायक कम्पनी छ । दुवै कम्पनीमा चन्द्रागिरी हिल्स लिमिटेडको शतप्रतिशत लगानी रहेको छ ।

पुँजी संरचना

 कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ ।  कम्पनीको जारी पूँजी एक अर्व त्रिपन्न करोड चालिस लाख एकानब्बे हजार रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी मध्ये एक अर्ब पैंतीस करोड संस्थापक शेयरधनीहरुबाट चुक्ता भईसकेको तथा बाँकि अठार करोड चालीस लाख एकानब्बे हजार बराबरको अठार लाख चालीस हजार नौसय दश कित्ता शेयर सर्वसाधारण (स्थानीय तथा सर्वसाधारण र कर्मचारीहरु समेत) मा सार्वजनिक निष्कासनद्वारा जारी गर्नेछ । स्थानीय तथा सर्वसाधारण कर्मचारीहरु समेतका लागि छुट्टाइएको अठार करोड चालीस लाख एकानब्बे हजार बराबरको १०० अंकित दरको १८,४०,९१० कित्ता साधारण शेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात् कम्पनीको चुक्ता पूँजी  एक अर्ब त्रिपन्न करोड चालीस लाख एकानब्बे हजार हुनेछ ।

आधारभूत शेयरधनी र संचालक विवरण 

कम्पनीको आधारभूत शेयरधनीमा चन्द्र प्रसाद ढकाल, हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, उत्तम नेपाल, कल्याण गुरुङ्ग, मिन ब. गुरुङ्ग, नवराज नेपाल, भाटभटेनी सुपर मार्केट प्रा.लि., सावित्री गुरुङ्ग, कुमार केशर विष्ट, डोलराज शमा, हाथवे इन्भेष्टमेन्ट नेपाल लि, सन्ध्या गुरुङ्ग र उमा विष्ट जि.सि. रहेका छन्  । कम्पनीका अध्यक्ष चन्द्र ढकाल हुन् भने अन्य संचालकहरुमा हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, उत्तम नेपाल र कल्याण गुरुङ्ग रहेका छन् ।

ब्यबस्थापन विवरण 

कम्पनीमा महाप्रबन्धकलाई कार्यकारी अधिकार छ । कम्पनीको महाप्रबन्धक अभिषेक विक्रम शाह छन् । हस्पिटालिटी क्षेत्रमा उनको १२ वर्षको अनुभव रहेको छ । त्यस्तै कम्पनीको प्रबन्धकमा मेघ राज शर्मा छन् भने कम्पनी सचिव झलक राज शर्मा हुन् । कम्पनीमा ६६ अस्थायी, ८५ स्थायी गरि कुल १५१ कर्मचारी छन् । 

कम्पनीले सञ्चालक समितिको अध्यक्षको लागि प्रति बैठक भत्ता ५ हजार तथा अन्य सञ्चालक सदस्यहरुको प्रति बैठक भत्ता ४ हजार तोकेको छ । त्यस्तै एक वर्षको अवधिमा कम्पनीका महाप्रबन्धकले ४० लाख ९५ हजार ६ सय, प्रबन्धकले १३ लाख ८५ हजार र कम्पनी सचिवले ४ लाख ५५ हजार पारिश्रमिक लिएका छन् ।

ऋणको विवरण 

कम्पनीले विभिन्न ७ वटा वाणिज्य बैंकबाट कुल २ अर्ब १८ ९३ लाख २० हजार ८ सय ८४ रुपैयाँ ऋण लिएको थियो । जस मध्ये कम्पनीले १५ करोड ९८ लाख २० हजार ऋण तिरीसकेको छ । अब कम्पनीले २ अर्ब २ करोड ९५ लाख ८ हजार ८ सय ८४ रुपैयाँ ऋण रिएँ बाँकि रहेको छ । कम्पनीले आईपिओबाट संकलन गरिएको सबै रकम ऋण तिर्न प्रयोग हुने उल्लेख गरेको छ । कम्पनीले २०८६ साल असार महिनासम्ममा सबै ऋण तिरि सक्ने जनाएको छ ।

लाभांश प्रक्षेपण 

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत र आर्थिक वर्ष ७९/८० को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । 

नाफा नोक्सान विवरण 

आर्थिक वर्ष ७६/७७ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी १७ करोड १० लाख खुद नोक्सानमा रहेको छ ।  हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड (१९ को महामारीबाट बच्न नेपाल सरकारले मिति २०७६ चैत्र ११ गतेदेखि देशव्यापी रुपमा लकडाउन गरेको कारणले यस कम्पनीका सबै सेवाहरु बन्द हुन गई आर्थिक कारोवार नभएको हुँदा आ.व.  २०७६।०७७ को अन्तिम त्रयमासको आम्दानी शून्य रहेको र कम्पनीका कारोवार तथा आम्दानी आर्थिक वर्ष २०७५।७६ को  तुलनामा टिकट आम्दानीमा रु. सोह्र करोड तेह्र लाख सत्सठ्ठी हजार, फुड एण्ड वेभरेज आम्दानीमा रु. तीन करोड साठी  लाख चालीस हजार, वस्तु सामान आम्दानीमा रु.सत्र लाख चौबीस हजार तथा अन्य सञ्चालन आम्दानीमा रु.सत्चालीस लाख  चौध हजार गरी कुल आम्दानीमा रु. बीस करोड अड्तीस लाख पचासी हजार कम रहेको कम्पनीले उल्लेख गरेको छ । 

कम्पनीले आर्थिक वर्ष ७७/७८ देखि भने नाफा कमाउने प्रक्षेपण गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८, ७८/७९ र ७९/८० मा क्रमश ६ करोड १३ लाख, ३६ करोड ११ लाख र ५० करोड ३७ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । 

कम्पनीको नेटवर्थ तथा प्रति शेयर आम्दानीको वास्तविक तथा प्रक्षेपित औषत प्रतिफल निम्न अनुसार छ ।

नोट: यो रिभ्यु कम्पनीले उपलब्ध गराएको विवरणपत्रको आधारमा तयार पारिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved