कहाँ पुग्यो एनएमबि बैंकको डेढ अर्बको ऋणपत्र विक्री वितरण प्रकृया ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2021 | 08:21:14 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited  को उर्जा ऋण पत्र जारी गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ। प्रति इकाई १ हजार रुपैयाँका दरले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋण पत्र जारी गर्ने तयारी अन्तिम अवस्थामा पुगेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। 

५ अर्ब मध्ये १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिको अन्तिम चरणमा पुगेको बोर्ड स्रोतले जनाएको छ। बोर्डकाअनुसार बैंकले पहिलो चरणमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण पत्र जारी गर्नेछ भने त्यसपश्चात बाँकी रकमको ऋणपत्र जारी गर्नेछ। 

बैंकले जारी गर्ने ऋणपत्र मध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख इकाई सर्वसाधारणको लागी र ९० करोड रुपैयाँ बराबरको ९ लाख इकाई संस्थागत लगानीकर्ता तथा बैक वित्तीय संस्थाको लागि छुट्याईएको छ।  एनएमबि बैंकको उर्जा ऋणपत्रको अवधि १५ बर्षको हुनेछ भने यसले बार्षिक ४ प्रतिशत ब्याज दिनेछ।  ऋणपत्र बिक्रि वितरणको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।  

पछिल्लो समय नेपाल राष्ट्र बैंक बैंक वित्तीय संस्थाहरुलाई उनीहरुको लगानी केन्द्रित क्षेत्रलाई हेरेर ऋणपत्र जारी गर्नलाई अनुमती दिने रणनीतिमा अगाडी बढेको छ। राष्ट्र बैंकले कृषि विकास बैंकलाई कृषि ऋणपत्र जारी गर्नलाई अनुमति दिएझैं हाइड्रो क्षेत्रलाई लगानीको प्रथमिकताका रुपमा राख्दै आएको एनएमबि बैंकलाई उर्जा ऋणपत्र जारी गर्नलाई अनुमती दिएको हो।

एनएमबि बैंकमा विदेशी साझेदारको रुपमा रहेको नेदरल्याण्डको एफएमओ बैंकको २० प्रतिशत लगानी रहेको छ। एफएमओले उर्जा क्षेत्रको लगानीलाई बढी जोड दिंदै आएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved