नागरिक लगानी कोषको हकप्रद आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 08:24:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust ले आज पुष २८ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कोषले १ः०.८२८४ का दर (८२.८४) प्रतिशतका दरले हकप्रद शेयर बिक्री खुला गरेको हो ।

जस अनुसार कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि पुस १४ गतेको लागि बुक क्लोज गर्ने निर्णय गरिएकाले पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कोषको हकप्रद भर्न सक्ने छन्। कोषको हकप्रद निष्काशन तथा बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।  माघ १९ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने  बिक्रि प्रबन्धकमा आरबीबी मर्चेन्टले जनाएको छ । 

पुष १३ गतेसम्म कायम इच्छुक सेयरधनीहरुले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड काठमाडौं, राष्ट्रिय बाणिज्य बैंकका तोकिएका शाखा, नागरिक लगानी कोषका तोकिएका कार्यालय, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट कोषको हकप्रद भर्न सकिनेछ।  

  हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved