सेन्ट्रल फाइनान्सको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 10:33:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्स Central Finance ले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ २३ गते शुक्रबार साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद गरि कुल १०  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभा पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड ३३ लाख रहेको छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । माघ ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved