३० प्रतिशतले बढ्यो मुक्तिनाथ विकास बैंकको नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 08:14:12 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष (७७/७८) को दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  को नाफा ३०.२८  प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७६/७७ को दोस्रो त्रैमासमा बैंकले ४७ करोड २५ लाख नाफा कमाएकोमा चालु आर्थिक  वर्षको दोस्रो त्रैमासमा ६१ करोड ५५ लाख खुद नाफा कमाएको हो ।  

बैंकको वितरणयोग्य मुनाफा ५२ करोड ५५ लाख रहेको छ ।  

बैंकको निक्षेप ३०.६४ प्रतिशतले बढेर ७४ अर्ब ८७ करोड पुगेको छ भने कर्जा प्रवाह २२.२७ प्रतिशतले बढेर ५८ अर्ब २७ करोड पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ५.८० प्रतिशतले बढेर १ अर्ब १६ करोड पुगेको छ । ४  अर्ब ८१ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ४६  करोड रहेको छ । 

बैंकको खराब कर्जा ०.११  प्रतिशतबाट बढेर ०.३ प्रतिशत पुगेको छ भने प्रति शेयर आम्दानी २५.५९ रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ १३०.४६ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १४.७३ गुणा, बेस रेट ८.३८ प्रतिशत, स्प्रेड दर ४.९९ प्रतिशत, कोषको लागत ६.२४ प्रतिशत, र सिसिडि ७४.४८ प्रतिशत रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved