इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 21, 2021 | 09:47:18 AM मा प्रकाशित

sarbottam cement

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले माघ १६ गतेदेखि ऋणपत्र निष्काशन भएको छ । बैंकले  ८.५ प्रतिशत ब्याजदर प्रदान हुने ७ बर्षे अवधिको  ४ अर्ब रुपैयाँ बराबरको नेपाल इन्भेष्टमेन्ट बैंक बोन्ड २०८४ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

 बैंकले बिक्रि गर्न लागेको ४ अर्बको ऋणपत्र मध्ये १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि छुट्याएको छ भने बाँकी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरमा निष्कासन हुने छ। सर्वसाधारण छुट्याईएको मध्ये ८० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

ऋणपत्रमा छिटोमा माघ २० गतेसम्म र त्यसअवधिमा पर्याप्त आवेदन नपरेमा माघ ३० गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि आरबीबी मर्चेण्ट बैंकिङ  बिक्रि प्रबन्धक रहेको छ।   

 नेपाल धितोपत्र बोर्डले बैंकलाई मङ्सिर १८ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved