कालिका पावर कम्पनीको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 10:59:48 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनी Kalika Power Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ३० गते शुक्रबार भरतपुर स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा साधारणसभा आह्वान गरेको हो 

सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, संचालक समितिका निर्णयहरु अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १६ गतेदेखि माघ १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved