नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । दुई संस्थाबिछ बिहिबार यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेशनल माइक्रोफाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
महिला सहयात्राको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिकामा छ भने नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङमा रहेको छ ।