सेयर राफसाफको समय घट्दा जोखिम बढ्ने भन्दै सेयर ब्रोकरले राखे ४ बुँदे माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 08:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपाल एसबिएएन ले आफुहरुलाई थप जिम्मेवारी दिनलाई सम्बन्धित निकायसँग अनुरोध गरेको छ। कठिनाईका बावजुतपनि टि प्लस २ लाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउदै सेयर ब्रोकरहरुले बिभिन्न ४ जिम्मेवारी थप गरिदिनलाई सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। 

आगामी आइतबार अर्थात माघ ११ देखि लागू हुनेगरि आएको टि प्लस २ को राफसाफ चक्र कार्यन्वयनमा कठिनाई हुने भएपनि आर्थिक जोखिम मोलेर आफुहरुले यस निर्णयको पालना गर्ने सेयर ब्रोकरहरुले जनाएका छन्। 

यद्दपी टि प्लस २ को राफसाफ चक्र कार्यन्वयन तथा जोखिमको व्यवस्थापनको लागी ठुलो आकारको राफसाफ प्रत्याभूति कोषको स्थापना , अक्सन मार्केट तथा सेक्यूरिटिज लेन्डिङ्ग एण्ड ब्रोइंङ  मार्केटको संचालन, पावर अफ एर्टनि ,अटो इडीआईएस को व्यवस्था गर्दिनलाई एसबिएएनले सम्बन्धित निकायसँग अनुरोध गरेका छन्। 

त्यस्तै सेयर ब्रोकरहरुले टि प्लस २ को राफसाफ चक्र सफल पार्नलाई सेयरलगानीकर्ताको भूमिका महत्त्वपूर्ण हुने जानकारी गराउदै यसका लागि लगानीकर्ताहरु जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्। सेयर लगानीकर्ताहरु थप जिम्मेवार भएमात्र टि प्लस २ को राफसाफ चक्र कार्यन्वयनमा सफलता मिल्ने ब्रोकरहरुको भनाई छ। 

धितोपत्रको बिक्रि गरिसकेपछि लगानी कर्ताहरुले आफुले बिक्रि गरेको धितोपत्रको भारित औसत लागत गणना  गर्ने  र विक्रि गरेको धितोपत्र कारोवार भएको दिन बाहेक थप एक कार्यदिन टि प्लस १ को कार्यालय समय भित्र डीआईएस प्रयोग गर्ने भए सम्वन्धित निक्षेप सदस्यलाई भौतिक डीआईएस हस्तात्रण गरी सम्बन्धित दलाल व्यवसायीलाई  भारित औसत लागत  घोषणा फारम भरी बुझाउने वा मेरो शेयरको प्रयोग गरी इडीआईएस मार्फत सम्बधित दलाल व्यवसायीको पुल खातामा धितोपत्र हस्तान्त्रण गर्नु पर्ने ब्रोकरहरुले जनाएका छन्।

कुनै कारणबस विक्रि गरेको धितोपत्र टि प्लस २ को १२ बजे भित्र दलाल व्यवसायीको पुल खातामा हस्तान्त्रण नभएमा  धितोपत्रसंख्याको बिक्रि रकमको २० प्रतिशत रकम कोलोजआउटमा जाने र सो  बराबरको बिक्रि रकमको २० प्रतिशत रकम जरिवाना स्वरुप सम्बन्धित बिक्रि गर्ने लगानिकर्ताको  खाताबाट कट्टा भई खरिद गर्ने लगानीकर्ताको खरिद हिसाबमा जम्मा हुने कानूनी  व्यबस्था रहेको छ। बाँकी कारोबार राफसाफ पश्चात यथा सिघ्र विक्रि रकम लगानीकर्ताको खातामा जम्मा गर्ने दायित्व व्यवसायीको हुनेछ।

त्यसै गरि धितोपत्रको खरिद कारोबार गर्ने  लगानीकर्ताले आफुले खरिद गर्ने कुल अनुमानित रकमको धितोपत्र व्यवसायीले तोकेको प्रतिशतले हुन आउने रकम खरिद आदेश राख्नुपूर्ब नै विद्मुतिय माध्यमबाट अग्रिम रुपमा भुक्तानि गर्नु पर्ने छ । कारोवार भए पश्चात  बाँकी रहेको रकम टि प्लस १ भित्र अनिवार्य रुपमा विद्मुतिय माध्यमबाट भुक्तानि गनु पर्ने छ ।

साथै समयमा खरिद रकम भुक्तानी नगरेमा  खरीद गरेको धितोपत्र नेप्से तथा सिडियस एण्ड क्लियरिङ्गं लिमिटेडलाई जानकारी गराई विक्रि गरी व्यवसायीले आफ्नो  रकम असुल उपर गर्न  सक्ने तथा  सो समय अवधी भित्र व्यवसायीले बहन गर्नु पर्ने थप लागत पनि सम्बन्धित लगानीकर्ता बाट असुल उपर गर्न सक्ने कानुनी  व्यवस्था रहेको छ । खरिद कारोबार राफसाफ पश्चात खरिद रकमको भुक्तानी भएपछि यथा सिघ्र खरिद गरिएको धितोपत्र लगानीकर्ताको खातामा जम्मा गर्ने सेयर ब्रोकरहरुको दायित्व हो । 

फाइल फोटो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved