सूचना बेचेर लाखौ कमाउने साउदको योजनामा लाग्यो ब्रेक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2021 | 09:52:58 AM मा प्रकाशित

laxmi  sunrise bank

सूचना बेचेर लाखौ रकम आम्दानी गर्ने नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको योजनामा ब्रेक लागेको छ।  नेपाल धितोपत्र बोर्डको स्वीकृति नलिई नेप्सेले आफु खुसि जारी गरेको तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि तत्काल कार्यान्वयन नगर्न बोर्डले निर्देशन दिएपछि नेप्सेको योजनामा ब्रेक लागेको हो। 

नेप्सेले पुस १ गतेदेखि लागु हुने भन्दै पुस १० गतेको मितिमा कार्यविधि सार्वजनिक गरेको थियो। कार्यविधिमा नेप्सेको एपीआई र अन्य तथ्यांक प्रयोगको लागि निवेदन दिई अनुमति लिनु पर्ने र  नेप्सेले तोकेको शुल्क समेत बुझाई तथ्यांक प्रयोगको लागि सम्झौता समेत गर्नु पर्ने ब्यबस्था गरिएको थियो 

तर बोर्डले कार्यविधि स्वीकृति गराएरमात्र कार्यान्वयन गर्न निर्देशन दिएपछि नेप्सेको योजनामा ब्रेक लागेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेप्सेसँग आफुखुसि कार्यविधि जारी गर्ने अधिकार नभएको बताए । उनले एपीआईको कार्य तुरुन्त गर्नको लागि यस अघि नै ताकेता गरिसकेको तर एपीआई बाहेकका सूचना तथा तथ्यांक बेचेर लाखौ कमाउन नेप्सेले नपाउने उनले बताए । उनले शुल्क परिमार्जन गरेर कार्यविधि स्वीकृति गराउन नेप्सेलाई निर्देशन दिईएको बताए । 

यस संगै अब नेप्सेले तोकेको शुल्क घटेर आउने सम्भावना छ । अहिलेसम्म नेप्सेले कार्यविधि स्वीकृतिको लागि नपठाएको बोर्डले जनाएको छ नेप्सेले तथ्यांक प्रयोग गर्नेहरुलाई ५ भागमा वर्गीकरण गरी छुट्टाछुट्टै शुल्क तोकेको थियो । जसमा एकै कम्पनीसँग विभिन्न शिर्षकमा १ लाख भन्दा बढी  रकम लिने प्रस्ताव गरिएको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved