२४५ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 08:50:27 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा अपि पावर कम्पनी Api Power Company  को खुद नाफा २४५.७९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको  खुद नाफा ४ करोड १४ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर १४ करोड ३२ लाख पुगेको हो 

यस अवधिमा कम्पनीको कुल आम्दानी ३० ३७ लाख रहेको छ भने कम्पनीको विद्युत बिक्रि वापतको आम्दानी २४ करोड १९ लाख छ  । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको विद्युत बिक्रि वापतको आम्दानी १३ करोड ५० लाख मात्र थियो  । त्यस्तै कम्पनीको विद्युत बिक्रि बाहेकको अन्य आम्दानी ६ करोड १७ लाख रहेको छ  । अघिल्लो आर्थिक वर्षको ओशी अवधिमा यस्तो आम्दानी १४ लाख मात्र थियो  

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड रहेको छ भने रिजर्भमा २९ करोड ७० लाख रहेको छ  । कम्पनीको दिर्घकालिन ऋण १ अर्ब ७० करोड रहेको छ  ।  

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४.८४ रुपैयाँ, प्रति शेयर नेटवर्थ ११५.३९ रुपैयाँ, र मूल्य आम्दानी अनुपात १७.८५ रहेको छ।   

कम्पनीले ८.५ मेगावाटको नौगाड गाड साना जलविद्युत आयोजना र  ८ मेगावाटको नौगाड गाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।  हाल कम्पनीले ४० मेगावाटको अपर चमेलिया र ४ मेगावाटको चन्द्रानिगाहापुर् सोलार पावर आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved