सुपरमादीले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 05:37:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सुपरमादी हाइड्रो पावर कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ  कम्पनीले आईपिओ निष्काशनको लागि सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ 

बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र हाइड्रो कम्पनीको तर्फबाट अध्यक्ष पुष्प ज्योति ढुंगानाले हस्ताक्षर गरेका छन् 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले कास्कीको मादी गाउँपालिकामा पर्ने मादी खोलामा ४४ मेगावाटको मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको ६५ प्रतिशत काम सकिएको छ भने आगामी पुसबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved