एनआईबिएल एस क्यापिटलले अनलाइनबाट नै डिम्याट खाता र मेरोशेयर खोलिदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 06:15:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलबाट अनलाइनबाट नै डिम्याट खाता खोल्न सकिने भएको छ । क्यापिटलले आज माघ १५ गतेदेखि अनलाइनबाट नै डिम्याट खाता तथा मेरोशेयर अनलाइन मार्फत खोल्न सकिने गरि सेवा प्रदान गरेको हो ।

यसबाट सहज रुपमा सेवा प्रवाह हुने तथा लगानीकर्ताले अनलाइनबाट घर मै बसेर  डिम्याट खाता तथा मेरोशेयर प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ। 

क्यापिटलले यस अघि नै आफ्नो खुलामुखी म्युचुअल फण्डको इकाई अनलाइनबाट खरिद गर्न सक्ने प्रणालीको विकास गरिसकेको छ । साथै क्यापिटलले आगामी दिनमा आफ्ना सेवाहरु अनलाइन मार्फत नै प्रदान गरिने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved