के राष्ट्र बैंकले विकास बैंक र फाइनान्सलाई लघुवित्तको सेयरमा लगानी गर्न रोकेको हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 12:32:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्सलाई लघुवित्तको दोस्रो बजारमा लगानी गर्न रोक लगाउनेबारे कुनै निर्णय नभएको प्रष्ट पारेको छ। राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई लघुवित्तको दोस्रो बजारमा लगानी गर्न रोक्ने बारे छलफल समेत नभएको र कुनै निर्देशन नदिएको तथा पत्र समेत नकाटिएको प्रष्ट पारेको हो।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग तथा नियमन विभागका अधिकारीहरुले यसबारे कुनै छलफल समेत नभएको र कुनै निर्देशन नदिएको बताएका हुन्। त्यस्तै अहिलेसम्म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको छलफल नै सुरु नभएकोले के के आउँन सक्छ अहिले नै थाहा नहुने उनीहरुको भनाई छ । 

फाइनान्स कम्पनी र विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पनि यसबारे कुनै पत्र वा निर्देशन नआएको बताए । फाइनान्स कम्पनीहरुको संगठन नेपाल बित्त संस्था संघका अध्यक्ष सरोज काजि तुलाधारले त्यसबारे अहिलेसम्म कुनै पत्र वा निर्देशन नआएको बताए । उनले भने 'पत्र काटेको भए हामीलाई थाहा हुने थियो, अहिलेसम्म राष्ट्र बैंकबाट केहि आएको छैन' ।

त्यस्तै विकास बैंक हरुको संस्था डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोबिन्द ढकालले पनि त्यस्तो प्रकारको कुनै पत्र नआएको बिजपाटीलाई पुष्टि गरे । 

स्रोतका अनुसार यदि लघुवित्तको दोस्रो बजारमा लगानी गर्न रोक लगाईएको खण्डमा फाइनान्स र विकास बैंकलाई मात्र नभई 'क', ख' र 'ग' वर्ग कै बैंक तथा संस्थालाई रोक लगाईन सक्छ । अर्थात त्यस्तो निर्देशन भएमा बाणिज्य बैंकलाई पनि हुन सक्ने स्रोत बताउछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved