१२ प्रतिशतले घट्यो निफ्राको खुद नाफा, अन्य सूचक कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2021 | 08:43:01 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रकचर बैंकको खुद नाफा १२.५४ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ४० करोड २७ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको नाफा घटेर ३५ करोड २५ लाख कायम भएको हो ।

बैंकको वितरणयोग्य नाफा भने २७ करोड ६० लाख रहेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.७२ प्रतिशतले घटेर ५६ करोड ९४ लाख कायम भएको छ । त्यस्तै बैंकको संचालन मुनाफा १२.३२ प्रतिशतले घटेर ३५ करोड २५ लाख कायम भएको छ । 

१२ अर्ब चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ९४ करोड रहेको छ । बैंकले हालै मात्र ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो । कम्पनीको आईपिओ बाँडफाँड भई सकेकोछ । आईपिओ पश्चात बैंकको चुक्ता पुँजी २० २० अर्ब पुगेको छ । तर दोस्रो त्रैमासको रिपोर्टमा बैंकले यसलाई समायोजन गरेको छैन । 

बैंकको प्रति शेयर आम्दानी ५ रुपैयाँ ८७ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ ११६ रुपैयाँ १९ पैसा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved