एनसीसी बैंकको २५ लाख कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 10:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंक Nepal Credit & Commerce Bank Limited  ले २५ लाख कित्ता संस्थापाक शेयर लिलाममा ल्याएको छ । बैंकले हालका स्नास्थापक शेयरधनी र अन्य जो कोहि व्यक्ति, फर्म, कम्पनी तथा संगठित सन्ताले आवेदन दिन सक्ने गरि ति शेयर लिलाममा ल्याएको हो ।

लिलामीको शेयरमा फागुन २ गतेदेखि फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । बैंकल ति शेयरको न्युनतम मूल्य प्रति कित्ता १४० तोकेकोले सो वा सो भन्दा बढी रकम कबुल गरेर शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम पुरै २५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

शेयर लिलामको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved