चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बुटवल पावर Butwal Power Company को खुद नाफामा भारी गिरावट आएको छ। यस अवधिमा कम्पनीको नाफा ८३.८९ प्रतिशतले घटेको हो।
अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ८५ करोड ८६ लाख खुद नाफा कमाएकोमा समीक्षा अवधिमा नाफा घटेर १३ करोड ८३ लाखमा सिमित भएको हो ।
यस अवधिमा कम्पनीले ३० करोड ३ लाख बराबरको विद्युत बिक्रि गरेको छ । कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ४ करोड १० लाख रहेको छ । २ अर्ब ९५ करोड चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ३ अर्ब ९२ करोड रहेको छ ।
हिमाल पावर लिमिटेडले समयमा साधारणसभा गर्न नक्सदा आफ्नो आम्दानी घटेको कम्पनीले जनाएको छ । बुटवल पावरले हिमाल पावरमा लगानी गरेको छ । त्यस कम्पनीले साधारणसभा गरेर लाभांश पारित गरेपछि बुटवल पावरको आम्दानी बढ्ने छ । तर हिमाल पावरको खिम्ती आयोजनाको आधा स्वामित्व सरकारलाई गएकोले हिमाल पावरको आम्दानी घट्ने र त्यसबाट बुटवल पावरले पाउने आम्दानी पनि सोहि अनुसार घट्ने देखिन्छ
कम्पनीको प्रति शेयर आम्दानी ९.३८ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २३३.०९ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४३.८२ गुणा रहेको छ । कम्पनीले विभिन्न नयाँ योजनाहरु निर्माण गरिरहेको पनि उल्लेख गरेको छ ।