नारायणी डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 08:06:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज फागुन ३ गते अन्तिम दिन रहेको छ  । बैंकले माघ १३ गतेदेखि १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

बैंकले हकप्रद शेयर निष्काशनको लागि पुस २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले पुस २८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  । 

नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो ।  हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले यस पश्चात फेरी २ सय प्रतिशत हकप्रद निष्काशनको तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved