कहिलेसम्म कायम शेयरधनीले पाउछन् निर्धन उत्थान लघुवित्तको लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2021 | 05:26:23 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्त Nirdhan Utthan Laghubitta Bittiya Sanstha  ले साधारणसभाको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस संगै फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कंम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद गरि कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी डेढ अर्ब रहेको छ ।

 कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले फागुन २५ गते साधारणसभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved