डिप्रोक्स लघुवित्तको २३ हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 08:50:16 AM मा प्रकाशित

laxmi  sunrise bank

डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha  को २३ हजार ५ सय कित्ता संस्थापक शेयर लिलाममा आएको छ । कम्पनीका संस्थापक शेयरधनी देवेन्द्र प्रताप शाहले ति शेयर लिलाममा ल्याउन लागेका हुन् 

जस अनुसार कम्पनीले ति शेयर फागुन ५ गतेदेखि २३ गतेसम्म लिलाममा राख्ने भएको हो । ति कम्पनीको शेयर मूल्य न्युनतम  प्रति कित्ता ५ सय १ तोकिएकोले लिलाममा आवेदन दिँदा सो भन्दा बढी मूल्य कबोल गरि शिलबन्दी बोलपत्र फारम पेश गर्नु पर्ने छ । सबै भन्दा बढी रकम कबोल गर्नेले शेयर पाउने छन् 

आवेदन दिँदा न्युनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने छ । बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य आवेदकले यसमा आवेदन दिन सक्ने छन् । त्यस्तै आवेदन दिने व्यक्तिले कर्जा सुअचना केन्द्रको कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, प्यान विवरण, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

शेयर लिलाम प्रक्रियाको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved