महिला लघुवित्तको आईपीओले तोड्यो निफ्राको रेकर्ड, कतिले दिए आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 06:05:03 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला लघुवित्तको आईपिओमा २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको छ । कम्पनीको आइपीओमा बुधबार साँझ ५ बजे (आवेदन दिने अन्तिम समय) सम्ममा १५ लाख ८० हजार ७ सय ८१जना आवेदकबाट २ करोड ४६ लाख ६६ हजार १७० कित्ताको लागि आवेदन परेको हो । 

कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको छ । बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो । 

आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने प्रावधान थियो । माघ ३० गते सार्वजनिक बिदा परे पनि आईपिओ बिक्रि खुला भएको थियो । सार्वजनिक विदाको दिन पनि आईपिओको बिक्रि खुला भएको यो नै पहिलो पटक हो । 

कम्पनीले शेयर निष्काशनको लागि माघ ८ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुग्ने छ । कम्पनीले आइपिओको निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्री प्रबन्धक तोकेको थियो । लघुवित्तले आरटिएसमा पनि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई चयन गरिसकेको छ ।

कम्पनीको आईपिओले निफ्राको रेकर्ड तोडेको छ । निफ्राको आईपिओमा १४ लाख ८१ हजार २ सय ८४ जनाको आवेदन परेको थियो  । महिला लघुवित्तको आईपिओले यो रेकडै ब्रेक गरेको हो ।

लाभांशबारे प्रस्ताव

कम्पनीले आफ्नो नाफा नोक्सान बाँडफाँड हिसाव खातामा आर्थिक वर्ष ७८/७९ र ७९/८० मा क्रमश २ करोड ४८ लाख र ३ करोड ९४ लाख बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ति आर्थिक वर्षहरुमा आफ्नो शेयर पुँजी १० करोड नै रहनेप्रक्षेपण गरेकोले उक्त लाभांश नगद लाभांश हुने देखिन्छ ।  जुन प्रतिशतको आधारमा क्रमश २४.८५ प्रतिशत र ३९.४१ प्रतिशत हुन आउँछ । कम्पनीले भविष्यमा प्रचलित ऐन र नेपाल धितोपत्र बोर्डको प्रचलित बोनस शेयर निष्काशन सम्बन्धी व्यवस्था अनुसार बोनस शेयर जारी गर्न सक्ने उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved