अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2021 | 12:05:15 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीकर्ताहरुले अब ३ तरिकाबाट मात्र आईपोओको नतिजा हेर्न पाउने भएका छन् । सिडीएससी एण्ड क्लियारिङले अब आईपिओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र आईपिओको नतिजा हेर्न सक्ने ब्यबस्था गरेको हो 

यस अघि लगानीकर्ताहरुले सहज रुपमा विभिन्न आर्थिक अनलाइन मिडिया मार्फत सहज रुपमा आफुलाई आईपिओ परेको वा नपरेको हेर्ने गरेका थिए । आईपिओको नतिजा आउँदा मेरोशेयर वेबसाइटमा समस्या आउने भएकोले लगानीकर्तालाई  अनलाइन मिडियामा नतिजा हेर्न सहज भएको थियो 

अब भने सिडीएसले लगानीकर्ताको गोपनियताको हकको रुपमा रहेकोले आधिकारिक निकायलाई मात्र नतिजा दिने भएको हो । सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली अनुसार नै मिडियालाई नतिजा दिने कार्य रोक्न लागिएको बताए 

धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली २०६८  को बुँदा ४७ मा सीडीएससीका कर्मचारीनिक्षेप सदस्य तथा निष्कासनकर्ता संगठित संस्था वा रजिस्ट्रारले हितग्राहीसँग सम्बन्धित विवरणतथ्यांक वा जानकारीका सम्बन्धमा कानुनबमोजिम अधिकार प्राप्त निकायबाट माग भएको अवस्थामा बाहेक गोप्यता कायम राख्नुपर्नेछ ।' भन्ने उल्लेख छ। सोहि अनुसार आईपिओ निष्काशनकर्ता कम्पनी, सिडीएस स्वयं र बिक्रि प्रबन्धकले मात्र नतिजा प्रकाशन गर्न पाउने छन् 

सीइओ आचार्यले यो नियम शुक्रबार बाँडफाँड हुन लागको महिला लघुवित्तको आईपिओबाट नै सुरु हुने बताए । यस संगै महिला लघुवित्तको आईपिओको नतिजा महिला लघुवित्तको वेबसाइट, बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट र मेरोशेयरबाट मार्फत हेर्न सकिने छ । तर यो समाचार तयार पार्दासम्म बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट खुलेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved