राष्ट्र उत्थान लघुवित्तले आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 26, 2021 | 09:49:16 AM मा प्रकाशित

sarbottam cement

राष्ट्र उत्थान लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित दोस्रो साधारणसभा आह्वान गरेको छ 

कम्पनीले चैत्र ८ गते आइतबार सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले हाल कायम जारी पुँजीको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सभामा  मर्जर तथा प्राप्ति समबन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने दोस्रो विशेष प्रस्ताव पेश हुने छ । 

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन तथा सम्पूर्ण आर्थिक तथा वित्तीय प्रतिवेदन छलफल गरि पारित गर्ने सामान्य प्रस्ताव पेश हुने छ । त्यस्तै अघिल्लो वर्ष लेखापरीक्षकलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने तथा आगामी आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेश हुने छ 

लघुवित्तको संस्थापकमा राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, नेपाल ग्रामिण विकास संस्था लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved