सिडीएसको नयाँ नियमले लगानीकर्तालाई सास्ती, बिना कारण जरिवानामा पर्ने जोखिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 11:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएसले अनलाइन मिडियाहरुलाई आईपिओको नतिजा प्रकाशन गर्न रोक लगाएसंगै सिडीएसको मेरो शेयरमा चाप परेको छ । मेरोशेयरमा लोड बढे संगै लगानीकर्ताले सहज रुपमा मेरोशेयर खोल्न पाएका छैनन् 

मेरोशेयरमा समस्या आउँदा लगानीकर्ताहरु बिना कारण क्लोज आउटमा पर्न सक्ने देखिएको छ । लगानीकर्ताहरुले बिहिबार बेचेको शेयरको आज शुक्रबारसम्म  डिआईएस अर्थात शेयर ट्रान्सफर गरिसक्नु पर्ने छ ।  यदि नगरेमा लगानीकर्ताले २० प्रतिशत जरिवाना तिर्नु पर्ने ब्यबस्था छ । अधिकांश लगानीकर्ताले मेरो शेयरमा रहेको ईडिआईएस सेवा मार्फत शेयर ट्रान्सफर गर्दै आएका छन् । तर मेरोशेयर नचल्दा लगानीकर्ताहरु क्लोज आउटको जरिवानामा परिने हो कि भन्दै चिन्तित भएका छन् ।

आईपिओको नतिजा विस्तारै अन्य दिनमा  पनि हेर्न सकिने भएपनि शेयर ट्रान्सफरको लागि पर्खन मिल्दैन । ५ वटै लगानीकर्ता संघहरुले पनि गत बुधबार मात्र लगानीकर्ताको कमीकमजोरी नहुदा नहुदै  मेरोशेयर कै कारण लगानीकर्ताहरु क्लोज आउटमा पारेर दैनिक करोडौ घाटा बेहोर्नु परेको उल्लेख गरेका थिए । अहिले सो समस्या झन् बढ्ने देखिएको छ । 

साथ साथै लगानीकर्ताहरुले आईपिओको नतिजा हेर्न सास्ती बेहोरेका छन् । आईपिओको नतिजा हेर्नको बिक्रि प्रबन्धकले तयार पारेको वेबसाइट यो समाचार तयार पार्दासम्म खुलेको छैन । 

सिडीएससीले आईपिओ निष्काशन गर्ने कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट र सिडीएससीको मेरो शेयर मार्फत मात्र आईपिओको नतिजा हेर्न सक्ने ब्यबस्था गरेको हो । यस अघि लगानीकर्ताहरुले सहज रुपमा विभिन्न आर्थिक अनलाइन मिडिया मार्फत सहज रुपमा आफुलाई आईपिओ परेको वा नपरेको हेर्ने गरेका थिए । आईपिओको नतिजा आउँदा मेरोशेयर वेबसाइटमा समस्या आउने भएकोले लगानीकर्तालाई  अनलाइन मिडियामा नतिजा हेर्न सहज भएको थियो । अब भने सिडीएसले लगानीकर्ताको गोपनियताको हकको रुपमा रहेकोले आधिकारिक निकायलाई मात्र नतिजा दिने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved