निफ्रा र चन्द्रागिरी आएसंगै नेप्सेका समुहगत विभाजनमा हेरफेर, कुन कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2021 | 10:38:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज फागुन १६ गतेदेखि लागु हुने गरि नेप्सेमा समुहगत सूचक थप गर्नुका साथै यस अघि कायम समुहमा केहि हेरफेर गरेको छ । हाल सम्म नेप्सेले ११ वटा समुहगत सूचकमा कारोबार गराईरहेकोमा आजबाट लागु हुने गरि लगानी समूह थप गरेको हो ।

जस अनुसार यस अघि अन्य समुहमा रहेका ८ कम्पनी मध्ये ४ वटालाई लगानी समुहमा राखिएको छ । नेप्सेले नागरिक लगानी कोष, निफ्रा, एचआईडिसीएल र एनआरएन इन्फ्रास्ट्रकचरलाई लगानी समुहमा राखेको छ ।

त्यस्तै नेप्सेले साविकको होटेल समुहको नाम परिमार्जन गरि होटेल तथा पर्यटन समुह नामाकरण गरेको छ । त्यसमा साविकमा रहेका होटेलको साथ साथ चन्द्रागिरी हिल्स थपिएको छ ।

यस संगै अब नेप्सेले १२ वटा समुहको छुट्टाछुट्टै परिसूचक गणना गर्ने छ । त्यसका साथै नेप्सेले नेप्से, सेन्सेटिभ, सेन्सेटिभ फलोट, र म्युचुअल फण्डको पनि परिसूचक गणना गर्ने छ । यस संगै नेप्सेले कुल १६ वटा परिसूचक प्रकाशन र गणना गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved