आरएमडीसी लघुवित्तको २ लाख २० हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 08:23:17 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंक NIC Asia Bank Limited   ले आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha को २ लाख २० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले आज फागुन १८ देखि फागुन २३ गतेसम्म ति शेयर लिलाम गर्न लागेको हो 

बैंकले ति शेयरको मूल्य प्रति कित्ता ४३४ कायम गरेकोले आवेदन दिँदा सो भन्दा बढी रकम कबुल गरि शिलबन्दी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिनु पर्ने छ 

शेयर लिलामको लागि एनआईसी एसिया बिक्रि प्रबन्धक रहेको छ । इच्छुक लगानीकर्ताले क्यापिटलबाट बोलपत्र फारम पाउन र बुझाउन सक्ने छन् । बैंकले शेयर लिलामको लागि पहिलो प्राथमिकता हाल विध्यमान संस्थापाकहरुलाई दिने जनाएको छ  । यसपछि पनि शेयर बाँकि रहेमा बढी कबोल गर्ने अन्य व्यक्ति, संघ सस्थालाई शेयर प्रदान गरिने उल्लेख छ । 

आवेदन दिनको लागि कालोसूचीमा नरहेको पत्र, कर चुक्ता प्रमाणपत्र, आयको स्रोत विवरण, स्व घोषणा विवरण, र  राष्ट्र बैंकले तोकेबमोजिमको फिट एण्ड प्रपर टेस्टको फारम पनि पेश गर्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved