प्राइम कमर्शियल बैंकको ऋणपत्र निष्काशन मिति परिवर्तन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 08:29:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited   ले ऋणपत्र निष्काशन मिति परिवर्त गरेको छ । बैंकले यस अघि फागुन १९ गतेदेखि ऋणपत्र निष्काशन गर्ने जनाएकोमा अब फागुन २८ गतेदेखि बिक्रि खुला गरिने जनाएको हो ।  प्राविधिक कारणवश मिति परिवर्तन गर्नु पर्नेको बैंकले उल्लेख गरेको छ । 

 बैंकले  १ हजार अंकित दरका ३५ लाख  कित्ता बराबरको ३ अर्ब ५० करोड रकम बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १ अर्ब ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने २ अर्ब १० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । 

सर्बसाधारणको लागि छुट्याईएको मध्येबाट ५० हजार कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। ८ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ 

ऋणपत्रमा आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ  । आवेदन दिनको लागि छिटोमा चैत्र ४ गतेसम्म आवेदन दिन सकिने छ  । 

 ऋणपत्र निष्काशनको लागि बैंकले आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved