नेपाल हाइड्रो डेभलपरको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 10:42:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपर लिमिटेड Nepal Hydro Developer  ले लाभांश घोषणा गरेको छ । 

कम्पनीले आर्थिक वर्ष ७६/७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ३ करोड ९० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

त्यस्तै कम्पनीले यस आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ४ प्रतिशत बोनस प्रस्ताव गरेकोमा साधारणसभा समेत हुन नसकेको र बुक क्लोज समेत नभएकोले सो समेत जोडेर १५ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ । 

कम्पनीले चैत्र १७ गते एक साथ ३ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ ।  साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र ३ देखि १७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved