शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 08:17:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शिखर इन्स्योरेन्स Shikhar Insurance Company Limited को शेयर मूल्य समायोजन भएको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  । 

कम्पनीको ७.७६९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । समायोजनपछि कम्पनीको शेयर मूल्य २ हजार ५२ कायम भएको छ  । समायोजनअघि कम्पनीको शेयर मूल्य २ हजार ६ सय २२ थियो  । 

कम्पनीले  साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २७.७६९ प्रतिशत बोनस र १.४६२ नगद लाभांश प्रस्ताव गरेको छ ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ ।  

कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने बोनस पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काश न गर्ने प्रस्ताव पनि गरेको हो ।लाभांश पारित गर्न र हकप्रद निष्काशन प्रस्ताव पारित गर्न कम्पनीले चैत्र ९ गते सोमबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले एक साथ १५ औ र १६ औ सभा आह्वान गरेको हो । त्यस्तै सभामा कम्पनीको अधिकृत पुँजी ४ अर्ब पुर्याउने, संस्थापक र सर्बसाधारणको शेयर अनुपात ५१:४९ कायम गर्ने प्रस्ताव पनि पेश हुने छ ।  कम्पनीले सभामा २ जना संचालकको निर्वाचन पनि गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved