नेपाल टेलिकम सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 08:49:27 AM मा प्रकाशित

laxmi  sunrise bank

 आज फागुन २६ गते बुधबार नेपाल टेलिकम सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ  । आज नेपाल टेलिकम, सबैको लघुवित्त, स्वाबलम्बन लघुवित्त, सिर्जना फाइनान्स, र महिला सहयात्रा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो  

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ तथा चैत्र १ मा बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  

महिला सहयात्राले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र १८ गते साधारणसभा आह्वान गरेको छ  । सिर्जना फाइनान्सले १३.५९ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ  । 

त्यस्तै स्वाबलम्बन लघुवित्तले १९.००५६ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र ११ गते साधारणसभा आह्वान गरेको छ  ।  त्यस्तै सबैको लघुवित्तले १०.५० प्रतिशत बोनस र ०.५५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ  । कम्पनीले चैत्र १४ गते साधारणसभा आह्वान गरेको छ  ।  टेलिकमले भने ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ 

साधारणसभाले पारित गरेपछि बुक क्लोज मिति अघि कायम कायम शेयरधनीले यी लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved