बुक विल्डिङ्ग विधिबाट निष्काशन हुने आईपिओको मूल्य तोक्न थप १० कम्पनीलाई स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2021 | 01:01:06 PM मा प्रकाशित

laxmi bank citizenlife

बुक विल्डिङ्ग विधि मार्फत निष्काशित हुने आईपिओको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न थप १० कम्पनीले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले आज बुधबार थप १० कम्पनीलाई स्वीकृति दिएको हो ।

यसै संगै यस्तो स्वीकृति पाउनेको संख्या ७४ पुगेका छन् । यस अघि बोर्डले  एक साथ ४६ कम्पनीलाई र त्यसपछि दोस्रो चरणमा थप १८ कम्पनीलाई स्वीकृति दिएको थियो  । 

आज स्वीकृति पाउनेमा कुमारी बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, गुडविल फाइनान्स, विशाल ग्रुप, युनाईटेड इदी मर्दी हाइड्रो, उषा इन्भेष्टमेन्ट प्रालि, गणेश प्रोपर्टीज एण्ड इन्भेष्टमेन्ट प्रालि, प्रुडेन्शियल क्यापिटल म्यानेजमेन्ट प्रालि, र सिड इन्फ्रा प्रालि रहेका छन् ।   

बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नु पर्नेछ । खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ। संस्थागत लगानीकर्तालाई निष्काशन गरेको धितोपत्र बजारमा सूचिकरण भएको मितिले छ महिना सम्म बिक्री वा हस्तान्तरण गर्न सक्ने छैन । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved