सनराइज क्यापिटल Sunrise Capital ले आज चैत्र १ गतेदेखि 'सनराइज ब्लुचिप फण्ड' नामको सामुहिक लगानी कोष योजनाको इकाईको बिकी खुला गरेको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि 'सनराइज ब्लुचिप फण्ड' नामको म्युचुअल फण्डको इकाई निष्काशन गर्न लागेको हो ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई बराबरको १ अर्ब रुपैयाँ बराबरको योजना संचालन गर्न इकाई निष्काशन गर्न लागेको हो। जस मध्ये न्युनतम १ करोड ५० लाख इकाई वा कुल बिक्रि भएको इकाईको १५ प्रतिशत कोष प्रबर्दक सनराइज बैंकको लागि छुट्याईएको छ । बाँकि रहने ८ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
इकाईमा छिटोमा चैत्र ४ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि दिन सकिने छ ।
इच्छुक लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा अनुमति प्राप्ति बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् । क्यापिटलले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड संचालन गरिरहेको छ ।
इकाई निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।