महिला लघुवित्तको शेयर सुचिकृत, पायो ९ सय भन्दामाथिको रेन्ज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2021 | 04:46:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महिला लघुवित्तको शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको १० लाख कित्ता शेयर शेयर सुचिकृत भएको हो ।

यस संगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर कारोबार सुचारु हुने छ । कम्पनीको MLBSL सिम्बलबाट कारोबार हुने छ ।  कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ३१३.१६ देखि ९३९.४८ सम्मको सुरुवाती रेन्ज तोकेको छ । यो रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको कारोबार खुल्न सक्ने छ। प्रि ओपन सेसनमा कारोबार भएपछि नियमित सेसनमा नियमित कारोबार हुने छ । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

कम्पनीले माघ ३० गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो। बाँकि ३ लाख ७५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 

कम्पनीको आईपिओमा  १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको थियो । योग्य कायम रहेका १५ लाख ३६ हजार ६ सय ८२ जनालाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको थियो । जस अनुसार  १५ लाख ३६ हजार ६ सय ८२ जना योग्य आवेदक मध्ये ३७ हजार ५ सय जनाले समान १० कित्ताको दरले शेयर पाएका थिए । यस हिसाबमा  आवेदन दिएका मध्ये १५ लाख २ हजार ५ सय ३५ जना आवेदक हात खाली भएका थिए ।

 आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुगेको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved