'नबिलले युनाईटेड फाइनान्सलाई गाभ्ने प्रक्रिया अन्तिम चरणमा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2021 | 01:01:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited  ले युनाइटेड फाइनान्स United Finance Limited लाई प्राप्ति गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । बैंक स्रोतका अनुसार प्राप्तिको लागि प्रक्रिया अन्तिम चरणमा रहेको र जुनसुकै बेला प्राप्तिको सम्झौता हुनसक्ने छ । 

स्रोतका अनुसार प्राप्तिको लागि बैंक र फाइनान्सबीच धेरै चरणमा वार्ता भईसकेको छ र अहिले पनि अन्तिम चरणको वार्ता जारी छ । सम्झौता हुने पक्कापक्की जस्तै रहेको स्रोतको दाबी छ । 

बैंक र फाइनान्समा दुवै संस्थामा चौधरी ग्रुपको ठुलो हिस्सा लगानी छ ।  एकै समुहको लगानी भएकोले नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने चर्चा चलेको थियो। 

प्राप्तिको लागि स्वाप रेसियो तय नभएपनि सम्मानजनक स्वाप दिने बैंक स्रोतले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved