नेपाल इन्स्योरेन्सको साधारणसभा आह्वान , बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 08:57:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स Nepal Insurance Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा सभा आह्वान गरेको हो । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को लागि ८ प्रतिशतले हुन आउने ९ करोड २० लाख २५ हजार ७९ रुपैयाँ बराबरको बोनस शेयर र २ प्रतिशतले हुन आउने २ करोड ३० लाख ६ हजार २ सय ७० रुपैयाँ बराबरको नगद गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा  वितरण हुने छ    हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार ४ सय ८५ रुपैयाँ छ  

त्यस्तै सभामा प्रबन्धपत्र रनियमावली संशोधन गर्ने, नियामकबाट थप निर्देशन भई आएमा सोहि अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने, संचालकको नियुक्ति अनुमोदन गर्ने विशेष प्रस्ताव पेश हुने छन् । 

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत अध्यक्षको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरिक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved