
सन्राइज सामुहिक लगानी कोष अन्तर्गतको सनराईज ब्लुचिप फण्ड स्किमको प्रति इकाई १० रुपैयाँको अंकित दरको १० करोड इकाई बाँडफाँड भएको छ । चैत्र १ गतेदेखि ८ गतेसम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६ हजार ५८ जनाबाट १२ करोड ३७ लाख ६४ हजार ५४० इकाईका लागि आवेदन दिएका थिए ।
प्राप्त आवेदकमध्ये ५३ हजार १४४ आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११ करोड ८६ लाख १९ हजार ८४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाई देखि ३० लाख इकाईसम्म माग गर्ने ५३ हजार १७९ जना आवेदकहरुलाई माग बमोजिम ५० लाख माग गर्ने ४ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २६ इकाईको दरले र १ करोड माग गर्ने २ जना आवेदकहरुलाई ४६ लाख ५ हजार २८ इकाईका दरले सर्वसाधारणहरुको १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको हो ।
कोष प्रवद्र्धक सन्राइज बैंकको १ करोड ८७ लाख ५० हजार इकाई बिज पूँजीसमेत गरी जम्मा १२ करोड ५० लाख इकाई बाँडफाँड गरिएको छ ।