नबिल इन्भेष्टमेण्ट बैकिंङ्गले सुरु गर्यो बिजनेश क्लिनिक, १ हजारमा दर्जन बढी विषयमा परामर्श

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2021 | 08:32:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इ्रन्भेष्टमेण्ट बैकिंङ्ग Nabil Investment Banking  ले संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । सर्वसाधारण लगानी कर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि यो सेवा निकै उपयोगी हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा हो । यस सेवा मार्फत ग्राहकले नबिल इ्रन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ।  

कम्पनीले भएको छ 'यस सेवा अन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धि परामर्श, कर्जा तथा ऋण सम्बन्धि परामर्श, पूँजी संरचना सम्बन्धि परामर्श, दैनिक कार्यसंचालन तथा पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्रसंरचना÷पुनर्रगठन सम्बन्धि वित्तीय परामर्श, व्यापार÷व्यावसाय विस्तार सम्बन्धि परामर्श, व्यापार सुरु गर्ने सम्बन्धि परामर्श, सम्पत्ति व्यवस्थापन सम्बन्धि परामर्श, पोर्टफोलियो संरचना निर्माण सम्बन्धि परामर्श, पोर्टफोलियो फेरबदल÷पुनरसंरचना सम्बन्धि परामर्श, शेयर खरिद÷बिक्री गर्ने निर्णय सम्बन्धि परामर्श, निश्चित फिर्ती लगानी सम्बन्धि परामर्श (Fixed Return Investment Consultation), सम्पत्ति÷धन व्यवस्थापन सम्बन्धि परामर्श, व्यापार रणनीति सम्बन्धि परामर्श र बजारीकरण रणनीति सम्बन्धि परामर्श सेवा लिन सकिने छ । '

यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेष्टमेण्ट बैकिङ्गले प्रदान नगरेकोले यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट पहिलो संस्था हुन सफल भएको कम्पनील  जनाएको छ ।  भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि निकै नै सहयोगी÷फलदायि सिद्ध हुने कम्पनीको भनाई छ। 

कम्पनीका अनुसार यस्तो सेवा सार्वजनिक विदाको दिन र शुक्रवार वाहेक प्रत्येक दिनको ३ बजे देखि दिनको ५ बजेसम्म संचालनमा रहने छ । एक पटक यो सेवा लिन १००० को टिकट काट्नु पर्ने तर चैत्र महिनाको लागि यो शुल्क छुट गरिएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved