आफुले किनबेच गरेको शेयरको विवरण फ्लोर सिटमा नदेखाउन स्टक डिलरको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 10:13:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले आफुले खरिद बिक्रि गरेको शेयरको विवरण गोप्य हुनु पर्ने माग गरेको छ । आफुले किनबेच गरेको शेयरको विवरण सबैले हेर्दा आफ्नो रणनीति सबैले थाहा पाउने भएकोले सो विवरण गोप्य राखिदिनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आग्रह गरेको हो । 

हाल सबै ब्रोकरले खरिद बिक्रि गरेको शेयरको विवरण फ्लोर सिटबाट हेर्न सकिन्छ । स्टक डिलर आफै ब्रोकर सरह भएकोले उसले गरेको शेयर किनबेचको विवरण पनि फ्लोरसिटमा सहजै देखिन्छ । अन्य ब्रोकरले धेरै लगानीकर्ताको लागि शेयर खरिद बिक्रि गर्ने तर स्टक डिलरले आफ्नो लागि मात्र शेयर खरिद बिक्री गर्ने भएकोले फ्लोर सिटबाट कम्पनीको रणनीति छर्लंग देखिने भएको हो । 

स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ फ्लोर सिट मार्फत आफ्नो रणनीति अरुले थाहा पाउनु गलत भएको बताए । फ्लोरसिटमा आफ्नो खरिद बिक्रिको विवरण नदेखिने ब्यबस्था गर्नको लागि यस अघि पनि बोर्डमा आग्रह गरिएको उनको भनाई छ । उनले फेरी यस विषयमा बोर्डसँग छलफल गर्ने तयारी भएको बताए । पुरै विवरण हटाउन नसकिने भए कम्तिमा पनि  'ट्रेडिङ अओर' अर्थात् शेयर कारोबार चल्ने अवधिमा शेयर किनबेचको विवरण गोप्य हुनु पर्ने माग गरेका छन् । 

स्टक डिलरले चैत्र १६ गतेबाट औपचारिक रुपमा शेयरबजारमा कारोबार सुरु गरेको छ। कम्पनीले ५०१ र D01 ब्रोकर आइडीबाट कारोबार गर्ने गरेको छ । 

 स्टक डिलर कम्पनीले निश्चित कम्पनीको मात्र शेयर कारोबार गर्न पाउने छ । नेप्सेले नै स्टक डिलरको लागि कारोबार गर्न योग्य कम्पनी तोकेको छ। नेप्सेले कम्पनी छनौटको लागि ४ वटा मापदण्ड तोकेको छ । ३ वर्ष देखि नाफामा रहेकाकम्तिमा १० हजार लगानीकर्ता रहेकाचुक्ता पुँजी २० करोड भन्दा बढी भएका र १ वर्षको कारोबार दिनमा कतिममा ८० दिन कारोबार भएका कम्पनी मात्र छनौटमा पर्ने छ ।

नेप्सेले छनौट गरेका कम्पनी मध्येबाट स्टक डिलरले आफुले कारोबार गर्न चाहेको कम्पनी छनौट गर्ने छ । डिलरले पेश गरेको सुचीमा हेरफेर गर्न आवश्यक देखेमा नेप्सेले हेरफेर गरेर अनुमति दिने छ । कम्पनीको सुचि हेरफेर गर्न चाहेमा स्टक डिलरले लिखित जानकारी गराई स्वीकृत गराउनु पर्ने छ । सुचीमा नपरेका कम्पनीको कारोबार स्टक डिलरले आफ्नो प्रणालीबाट गर्न पाउने छैन । यद्यपि उसले अन्य ब्रोकर मार्फत भने त्यस्ता कम्पनीको कारोबार गर्न सक्ने छ । त्यस्तै स्टक डिलरले नेप्सेमा ५० लाख धरौटी राख्नु पर्ने छ । धरौटी रकमको २५ गुणासम्म स्टक डिलरले कारोबार गर्न पाउने छ । 

नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते स्टक डिलरलाई अनुमति प्रदान गरेको थियो । बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था समेटी मिति २०७६।११।०१ देखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली२०६४ मा संशोधन गरेको थियो ।

साथैनेपाल सरकारको बजेट बक्तव्यमा समेत पूँजी बजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो । उक्त पृष्ठभूमिमा नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लि.लाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली२०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपश्चात् बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमतिपत्र प्रदान गरेको थियो ।

 स्तर डिलर कम्पनीको चुक्ता पुँजी ५ अर्ब रहेको छ  । जसमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशतनेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ   कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । कम्पनीले शेयर बजारमा लगानी गर्ने गर्ने र बजारलाई सन्तुलनमा राख्ने विश्वास गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved