नागरिक लगानी कोषको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 10:40:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष Citizen Investment Trust  ले लाभांश घोषणा गरेको छ। कम्पनीको शनिवार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ९ प्रतिशतले हुन् आउने २७ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १ सय ५ रुपैयाँ २६ पैसा बराबरको नगद गरि कुल १७.८९४७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल सरकार अर्थ मन्त्रालयले स्वीकृति गरेपछि कम्पनीको आगामी  साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट २२ प्रतिशत बोनस र १.१६ प्रतिशत नगद लाभांश बितरण गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved