भदौ महिनाभित्र आईपिओ निष्काशन गर्ने रिलायन्स स्पिनिङ मिल्सको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2021 | 03:30:04 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स स्पिनिङ मिल्सले आगामी भदौ महिनाभित्र आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आर्थिक वर्ष समाप्त हुँना संथ लेखापरीक्षणको कार्य सकेर भदौमा शेयर निष्काशन गर्ने तयारी गरेको हो ।  

कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ ल्याउँन लागेको हो। नेपाल धितोपत्र बोर्डले  बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्नको लागि ४ वटा शर्त राखेको छ । जसको तेस्रो नम्बरमा कम्पनीको प्रति शेयर नेटवर्थ प्रति शेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत रहेको हुनु पर्ने उल्लेख छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ प्रति शेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत कायम भईसकेको छ  । तर लेखापरिक्षण गरिएको विवरण अनुसार पनि  प्रति शेयर नेटवर्थ प्रति शेयर चुक्ता पूँजीको कम्तिमा १५० प्रतिशत कायम हुनु पर्ने भएकोले कम्पनीले आर्थिक वर्ष समाप्त हुँदासम्म कुर्नु परेको हो ।

कम्पनीले आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनी र बिक्रि प्रबन्धकले गर्नु पर्ने सबै कार्य असार मसान्तसम्म सम्पन्न गरिसक्ने र आर्थिक वर्ष समाप्त हुना साथ अडिट गरेर भदौ भित्र आईपिओ निष्काशन गर्ने कम्पनीको योजना छ ।

कम्पनीले बुक विल्डिङ विधिबाट १४ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कुल १४ लाख ६० हजार कित्ता शेयर मध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई र बाँकि ६० प्रतिशत सर्बसाधारणका लागि निष्काशन हुने छ । 

२०५१ सालदेखि सञ्चालनमा रहेको कम्पनीले हाल ४ हजार ३ सय बढीलाई रोजगारी दिएको छ । लगानी बढाउँदै गुणस्तरीय धागो उत्पादन गर्ने लक्ष्यमा छ । नेपालकै सबभन्दा ठूलो धागो उत्पादक कम्पनी मानिने रिलायन्स स्पिनिङ मिल्सले विदेशमा समेत नेपाली धागो निर्यात गर्दै आएको छ ।

केही समय अघि मात्रै १ करोड ७० लाख रुपैयाँ थप लगानी गरी नयाँ जापानी प्रविधि ल्याएको कम्पनीले थप गुणस्तरीय धागो उत्पादन गर्ने गरी र निर्यात बढाउने लक्ष्य लिएको कम्पनीका कार्यकारी अध्यक्ष पवनकुमार गोल्यान बताउँछन् । सुनसरीको दुहबी र खनारमा कारखाना रहेको कम्पनीले आगामी ५ वर्षमा २ अर्बसम्म लगानी गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved